२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लियो ललितपुर

२४ मंसिर, काठमाडौं । नेपाल सुपर लिग फुटबलमा ललितपुर सिटीले चितवन एफसीलाई हराएको छ र, शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित चितवनलाई ३–१ गोल अन्तरले हराएको हो । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १९औं मिनेटमा पापा इबुकेबेको गोलबाट अग्रता लिएको थियो ।

गोलमा इमोह एजेकेल, दिनेश हेमजन र इबुकेबेबीच राम्रो तालमेल मिलेको थियो । एजेकेलले बायाँ भागबाट दिनेशलाई पास दिए । दिनेशले दिएको पासमा सिक्स यार्ड बक्समा रहेका इबुकेबेले वान टच गोल गरे ।

त्यसको एक मिनेटअघि भने चितवनका गोलकिपर विशाल श्रेष्ठले इबुकेबेको प्रहार बचाएका थिए । पछिल्लो पटक उनले अवसर नै पाएनन् । पहिलो हाफको इन्जुरी समयमा एजेकेलको प्रहार चितवनका डिफेण्डर अमुबारिक युसुफलाई लाग्दै क्रसबासमा ठोक्किएर बाहिर गएको थियो । खेलको ५७ औं मिनेटमा ललितपुरले गोल थप्यो । दिनेशले बायाँ भागबाट क्रस गरेको बल चितवनका डिफेण्डरले हेड गर्दै क्लियर गरे । त्यही बलमा डि बक्स बाहिर रहेका विवेक पौडेलले उत्कृष्ट गोल गरेका हुन् ।

खेलमा फर्किन प्रयासरत चितवन ८९ औं मिनेटमा भने गोल गर्न सफल भयो । नवयुग श्रेष्ठको पासमा रफिक अमिनुले गोल गरे । लगत्तै ललितपुरले पेनाल्टी पायो । आदित्य शाक्यलाई पेनाल्टी बक्समा फउल गरेपछि चितवनका उत्सव राईले रातो कार्ड पाए भने ललितपुरले पेनाल्टी । त्यसमा इबुकेबेले कुनै गल्ती गरेनन् । यससँगै उनी एक्लै खेलमा दुई गोल गर्ने पहिलो खेलाडी बने ।

इन्जुरी टाइममा चितवनका अमिनुको प्रहार क्रस बारमा लागेर फर्किदा चितवनले गोल अन्तर घटाउने अवसर गुमायो । जितसँगै ललितपुर ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने चितवनको समान खेलबाट ५ अंक छ र अंक तालिकाको पनि पाँचौं स्थानमा छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस