२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बच्चालाई जाडोमा निमोनियाको बढी जोखिम, लक्षण र घरेलु उपचार जान्नुहोस्

काठमाडौं । निमोनिया रोगले प्राय गरेर साना साना बालबालिका र वृद्ध बूढा भएका मानिसलाई बढी सताउने गर्दछ । निमोनिया रोग, बच्चा र बूढाबूढीमा रहेको इम्युनिटीको मात्रा कम हुने भएकोले गर्दा फोक्सोमा संक्रमण भएपछि निमोनिया हुनसक्छ । जाडो मौसममा निमोनिया रोगको खत्तरा धेरै हुन्छ ।

लक्षणहरु : अचानक तीव्र गतिमा ज्वरो आउँछ । छाती दुख्छ पसिना आउँछ । पिसाब धेरै मात्रामा लाग्छ । टाउको दुख्नु र तिर्खा लाग्नु पनि निमोनियाका लक्षण हुन् । त्यसैगरी अनुहार तथा मुख रातो हुनु, सुख्खा खोकी लाग्नु, श्वासको गति तिव्ररुपमा बन्नु ढाड दुखेर सुत्न गाह्रो हुनु पनि यसका लक्षणभित्र पर्छन् । फोक्सो सुन्निएर खकारमा रगत देखा पर्नु, कमजोरी जस्तो देखिनु, भोक कम लाग्नु पनि निमोनियाका लक्षण हुन् ।

निमोनिया लागेका मानिसले पर्याप्त मात्रामा तातो चिया, दुध र कफी पिउने गर्नुपर्छ । खानामा झोल पदार्थ भएका खानेकुरा जस्तै पातलो जाउलो, मुसुरोको दालको सुप खानुपर्छ । तातो पानी पनि पर्याप्त पिउनुपर्छ । लसुनको पोटीलाई पिसेर तातोपानीमा बिहान बेलुका खानुपर्छ । बढी मात्रामा तिर्खा लाग्यो भने तातो पानीमा १ चम्चा मह मिलाएर पिउँदा पनि लाभ हुन्छ ।

निमोनिया भएका बिरामीले बरफको पानी आइसक्रिम चिसो पेय पदार्थ खानु हुँदैन । रक्सी चुरोटजस्ता कुराहरुको सेवन पनि बर्जित गर्नुपर्छ । बासी खानेकुरा कहिल्यै खानु हुँदैन । तेल घिउमा पकाएका बोसो धेरै भएका खानेकुरा पनि नखान सल्लाह दिइन्छ । त्यसैगरी मसलाको मात्रा, खुर्सानी धेरै भएको खानेकुरा पनि छोड्नुपर्छ ।

निमोनिया रोग लागेमा रोगीलाई पूरा आराम गर्न दिनुपर्छ । रोगीलाई हावाको आवत जावत हुने तातो कोठामा राख्नुपर्छ । चिसो नलागोस् भनेर बिरामीलाई तातो लुगा लगाइदिनुपर्छ । बिरामीको खुट्टा चिसो राख्नुहुँदैन, छाती र ढाडमा तोरीको तेलले मालिस गर्नुपर्छ । सुत्दा झ्यालढोका बन्द गरेर सुत्नुहुँदैन । बिरामी हुँदा धेरै हिडडुल तथा शारिरिक परिश्रम गर्नुहुँदैन् ।

नोट : यहाँ उल्लेख गरिएका कुराहरु सामान्य जानकारीका लागि हुन् । कृपया यदि तपाईंलाई कुनै लक्षण देखिएको छ भने नजिकैको अस्पताल वा दक्ष चिकित्सकसँग गएर परामर्श लिनुहोला । माथि उल्लेख गरिएका कुराहरुमा हामी कुनै दाबी पेश गर्दैनौँ ।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस