२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गाजाको आधा जनसंख्या भोकमरीको सिकार : संयुक्त राष्ट्रसंघ

GAZA UN

काठमाडौं । संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले गाजाको आधा जनसंख्या भोकमरीको सिकार भएको बताएका छन् । संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउले प्यालेस्टाइन क्षेत्रमा १० जनामध्ये नौ जनाले दैनिक खाना पाउन नसकेको र आधा जनसंख्या भोकमरीबाट ग्रस्त रहेको बताएका हुन् । समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै उनले आवश्यक पर्ने थोरै अंश मात्र गाजामा पुगेको पनि स्पष्ट पारेका छन । सहायताका लागि अवस्था नाजुक भएकाले थप मानवीय सहायता पुग्न लगभग असम्भव भएको पनि प्रष्ट पारेका छन । खान युनिसको नासिर अस्पतालका डाक्टरहरूले सयौं मृतक र घाइतेहरू आएको बताएका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस