२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Road Accident

काठमाडौं, २० मंसिर । सुनसरी, कोशी गाउँपालिका-१ जमुवास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठककरबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पर्सा, जिराभवानी गाउँपालिका-१ नटवा टोलस्थित सडकमा बीआर २२ एजे ७७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक भारत बिहार बेतिया बस्ने ४५ वर्षीय रामजीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्पर्श अस्पताल विरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस