२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज बुधबारपनि झनै घट्यो सुनको मूल्य, अहिलेसम्मकै उच्च रेकर्डपछि यति धेरै किन गिरावट ?

Today Gold price in Nepal

काठमाडौं । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य फेरि गिरावट आएको छ । सोमबारसम्म आजसम्मकै उच्च अंकमा पुगेको सुन र चाँदीको मूल्य मंगलबारबाट ओरालो लागेको छ ।

आज बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । दुई दिनमा नै ३२०० रुपैयाँ मूल्य झरेको छ । सोमबार मात्र सुनको मूल्य १ लाख २१ हजार ६०० सय पुगेको थियो । मंगलबार एकैदिन २४ सय रुपैयाँ घटेको पनि त्यो नयाँ रेकर्ड हो । आज बुधबार ८ सय रुपैयाँ ओरालो लागेको छ । त्यस्तै आज तेजाबी सुन मूल्यपनि घटेर एक लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यपनि ह्वात्तै घटेको छ । सोमबार प्रतितोला एक हजार ५४५ रुपैयाँ कायम भएको चाँदी मंगलबार एक हजार ५०० मा झरेको थियो । आज बुधबार भने प्रतितोला १४८० मा झरेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस