२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज ६ जना पुरुष र दुई जना महिला मृत अवस्थामा फेला

काठमाडौं, २० मंसिर । मोरङ, बेलबारी नगरपालिका-२ लालभित्ति साहारा टोल बस्ने ६७ वर्षीय लोक बहादुर मगर सोही ठाउँस्थित दुई तले भवनको छतमा बुधबार मृत अवस्थामा फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-२७ रिठ्ठेपानीस्थित नहरकुलोमा सोही ठाउँ बस्ने ५२ वर्षीय भिमराज गुरुङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दिया, बाँसगढी नगरपालिका-५ बाह्रबिगाह बस्ने २० वर्षीय कमल परियारको घरमा जुम्ला तिला गाउँपालिका-२ राराली बस्ने २२ वर्षीया सजनी परियार मृत अवस्थामा फेला परेकी छन् । मंगलबार बेलुकीको खाना खाई आफ्नै कोठामा सुतेकी उनी बुधबार बिहान मृत फेला परेकी हुन् ।

बाँके, कोहलपुर नगरपालिका-११ कृषिचोकस्थित खानेपानी ट्याङ्की नजिक बस्ने ४५ वर्षीया लक्ष्मी सापकोटा आफ्नो कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी ताप्लेजुङ, सिदिङवा गाउँपालिका-६ काफलडाँडा बस्ने ५४ वर्षीय बुद्धिमान दर्जी मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित डिल्ली बहादुर कार्कीको घरमा सोमबार राति धामीझाक्री गरी घर फर्किएका उनी घरमा नपुगेपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित भिर नजिक शव फेल परेको हो ।

तनहुँ, देवघाट गाउँपालिका-५ माथिल्लो बगन्दी बस्ने ७७ वर्षीय आश बहादुर गुरुङ सोही ठाउँस्थित साउने पानीको भिर नजिक मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोमबार आफन्तको छेवरमा गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेका हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बामेखोला गुनापानी जंगलमा सोही नगरपालिका-११ बस्ने ५८ वर्षीय गोविन्द चपाई मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस