२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

Pakrau arrested

सल्यान, २० मंसिर । आफ्नै श्रीमती ४० वर्षीया सितला सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा कुमाख गाउँपालिका-३ माथिल्लो उचाल्ने बस्ने ४५ वर्षीय डम्मर सार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

डम्मरले धारिलो हतियार बन्चरो प्रहार गर्दा सितलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस