२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या: एन्जिओप्लास्टी गरियो, स्वास्थ्य स्थिर भन्दै मन्त्रालयले विज्ञप्ति निकाल्यो

Narayan Kaji Shrestha

२० मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका अनुसार अहिले उनको अवस्था स्थिर छ ।

मन्त्री श्रेष्ठको मुटुको देव्रे नसा (left Anterior Descending Coronary Artery) को एन्जिओप्लास्टी गरिएको उनको सचिवालयका एक सदस्य विजय गौतमले जानकारी दिए । मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा डा. अरुण मास्के सहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको र मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचाररत रहेको उल्लेख छ । यसअघि चीन भ्रमणको बेला पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङको अस्पताल भर्ना गरी मुटुको उपचार गरिएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस