२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अधिवक्ताको परीक्षा स्थगित

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद् को ३१ औ अधिवक्ता परीक्षा स्थगित गरिएको छ । भर्खरै अत्यन्त जरुरी सूचना जारी गरेर परिषद् ले मिति २०८०१०८।२२ र २३ गतेको अधिवक्ताको ३१ औ परीक्षा काठमाडौं लगायत उपत्यका बाहिर बिराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र महेन्द्रनगरमा समेत सञ्चालन हुने स्थगित भएको उल्लेख गरेको छ । सूचनामा भनिएको छ,

नेपाल कानून व्यवसायी परिषद् ३१ औ अधिवक्ता परीक्षा स्थगित गरिएको अत्यन्त जरुरी सूचना । मिति २०८०१०८।२० यस परिषद्बाट मिति २०८०१०८।२२ र २३ गते अधिवक्ताको ३१ औ परीक्षा काठमाडौं लगायत उपत्यका बाहिर बिराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र महेन्द्रनगरमा समेत सञ्चालन हुने भनी मिति २०८०१०७७१५ गते सूचना प्रकाशित गरिएकोमा प्राविधिक कारणले हाललाई उक्त परीक्षा स्थगित गर्ने भन्ने परिषद्बाट मिति २०८०१०८।२० गते निर्णय भएको • हुँदा सो परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।
-भानदेव जोशी सचिव

 

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस