२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘लडाकु महिला’को धम्कीपछि बालुवाटार र सिंहदरबारमा सुरक्षा सर्तकता बढाइयो, के भनिन् फोनमा ?

Security has been beefed up at Baluwatar and Singha Durbar

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार र केन्द्रीय सचिवालय सिंहदरवार क्षेत्रमा आज नियमितभन्दा धेरै संख्यामा प्रहरी परिचालन भएका छन् । सिंहदरवार प्रवेशमा समेत निकै कडाइ र कडा चेकजाँच भइरहेको छ । उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।

नियमितभन्दा कडा चेकजाँच र बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन किन गरियो भन्नेबारे प्रहरीले औपचारिक रुपमा केही बताएका छैन । तर कुनै घटनाको पूर्व सूचनाको आधारमा ती क्षेत्रमा प्रहरी चेकजाँच कडा गरिएको प्रष्टै देखिन्छ । एक उच्च प्रहरी अधिकृतका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट आएको जानकारीका आधारमा आज विहानैबाट निवास र कार्यालय प्रवेश क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

स्रोतका अनुसार एकजना माओवादी पूर्व लडाकु महिलाले प्रधानमन्त्री सचिवायलका सदस्यलाई फोन गरेर आफ्नो कुनै माग पूरा नभएको र नारकीय जीवन बिताउनुपरेको भन्दै अप्रिय कदम चाल्ने धम्की दिएपछि सतर्कता अपनाइएको हो । ती पूर्व लडाकु महिला जनयुद्धको बेला कम्पनी कमाण्डर रहेको जानकारी समेत प्राप्त भएको छ । प्रहरीले उनको गतिविधिमा समेत निगरानी गरेको छ ।

ती महिला यसअघि पनि नेताहरुलाई धम्की दिएर पैसा माग्ने समूहकी सदस्य रहेको र जनयुद्ध लडेकै कार्यकर्ता भएको बताइएको छ । जनयुद्धमा कामना उपनाप रहेकी भनिएकी ती महिला मन्जु धमला नामकी रहेको र उनलाई निगरानीमा राखिएको प्रहरी स्रोतले जनाएको छ । उनले प्रधानमन्त्रीको सचिवालयमा आज विहान ८ बजेतिर फोन गरेकी थिइन् र सो फोनको लोकेसन अहिले ललितपुरतिर देखिएको समेत प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस