२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्यमा अहिलेसम्मकै उच्च रेकर्ड कायम : आज सोमबार झनै ह्वात्तै बढ्यो

Today Gold price in Nepal

काठमाडौं । साताको दोस्रो दिन दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य फेरि ह्वात्तै बढेको छ । आज उच्च अंकमा बढेसँगै सुन र चाँदीको मूल्य हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम भएको छ ।

आज बजारमा छापावाल सुनको मूल्य तोलामा आइतबार भन्दा ह्वात्तै बढेर १ लाख २१ हजार ६०० सय रुपैयाँ कायम भएको छ । शुक्रबार १ लाख १९ हजारमा मात्र कारोबार भएको सुन आइतबार १ लाख २० हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै शुक्रबार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार एक लाख २० हजार २०० रुपैयाँ पुगेको थियो । आज आइतबार एक लाख २१ हजार पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी भने आइतबारको मूल्यमा स्थिर रहेको छ । हिजो प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ५४५ रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबारको दिन शुक्रबार मात्रै प्रतितोला एक हजार ५४० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने चाँदी प्रतितोला एक हजार ५२० मात्र थियो ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस