काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य फेरि ह्वात्तै बढेको छ । आज उच्च अंकमा बढेसँगै सुन र चाँदीको मूल्य हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम भएको छ ।
आज बजारमा छापावाल सुनको मूल्य तोलामा शुक्रबार भन्दा एकै पटक १८ सय बढेर १ लाख २० हजार आठ सय रुपैयाँ कायम भएको छ । शुक्रबार १ लाख १९ हजारमा मात्र कारोबार भएको थियो।
त्यस्तै शुक्रबार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख २० हजार २०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीपनि प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ५४५ रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबारको दिन शुक्रबार मात्रै प्रतितोला एक हजार ५४० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने चाँदी प्रतितोला एक हजार ५२० मात्र थियो ।