२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केएमसीमा ६० वर्षीयाको टाउको चिरफार नगरी न्युरो इन्डोभास्कुलर कोइलिङले ब्रेनको सफल अप्रेसन

Successful brain surgery with neuro-endovascular coiling in a 60-year-old man at KMC

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा एक ६० वर्षीया महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा मस्तिष्कको शल्यक्रिया नगरी सफलतापूर्वक उपचार गरिएको छ। केएमसीका इन्टरवेंशनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिंहको नेतृत्वमा काठमाडौँकी ६० वर्षीय महिलाको टाउकाको चिरफार नगरीकन न्युरो इन्डोभास्कुलर कोइलिङ प्रविधिबाट उपचार गरिएको हो।

ब्रेन हेमोरेज–सबएरेकनोइड हेमोरेज भएर आएकी ती महिलाको रक्तनलीबाट मस्तिस्कमा पुगेर ब्लक भएको रक्तनली खुलाइएको इन्टरवेंशनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिंहले जानकारी दिए। ‘एक महिना अगाडी उहाँलाई ब्रेन ह्याम्रेज भएर केएमसीमा ल्याइएको थियो। बिरामीको ब्रेनको पछिलो भागको रक्तनलीमा फूकुन्डो, जसलाई ब्रेन अनेउरीसम भनिन्छ, फुटेर मस्तिस्कमा रक्तस्राव भएको थियो । हामीले न्युरो इन्डोभास्कुलर कोइलिङ प्रविधिबाट बिरामीको टाउको नचिरीकन सफलतापूर्वक कॉइलिंग पद्धतिबाट सो फुटेको फुकुन्दोमा रक्तप्रवाह बन्द गरेर सफलतापूर्वक उपचार गर्यौं।’ डा. सिंहले भने ।

परम्परागत न्यूरोसर्जरीमा टाउको चिरेर अप्रेसन गर्दा न्यूरोसर्जरी पश्चात स्वास्थ्य सम्बन्धि जटिलता बढी हुने र बिरामीको आइसीयू बसाई लामो हुन जान्छ । तर, केएमसीको नविनतम न्यूरो इन्टरवेंशन प्रविधिमा उपचार गर्दा बिरामी लामो समय अस्पताल भर्ना भएर बस्नुपर्दैन । टाउकामा ठूला घाउ पारेर अप्रेसन गर्नु पर्दैन, स्वास्थ्य जोखिम कम हुन्छ ।

केएमसीले भित्र्याएको न्यूरो इन्टरवेंशन प्रविधिका कारण नसा तथा मस्तिस्क, मेरुदण्ड लगायत गम्भिर प्रकारका रोगको उपचारमा ठूलो सफलता मिल्दै गएको छ । खासगरी मस्तिष्कको रक्तनली ब्लक भएर ब्रेन– अटैक–पक्षघात, ब्रेन ह्याम्ब्रेज भएका, सवारी दुर्घटनामा टाउकोमा गम्भिर रूपमा रक्तनली फुटेका, भएका बिरामीहरुको उपचारमा केएमसीको न्यूरो इन्टरवेंशनल प्रविधि बरदान सावित भएको छ ।

न्यूरो इन्टरवेंशनल प्रविधिमा बिरामीको तल्लो पेट, तिघ्राको बिचको भाग अथवा नाडीसँगै भएको रक्तनलीबाट मुटुभन्दा माथि रक्त सञ्चार गर्ने रक्तनलीमा प्रवेश गरी मस्तिष्कमा ब्लक भएर बसेको रगतको थेग्लो फुटाएर निकालिन्छ । गर्धनको रक्तनली साँघुरो भएकोमा रक्तनलीमा एन्जियोप्लास्टी, रक्तनली अवरुद्ध भएर हुने पक्षघात हुन जोगाउन मैकेनिकल थ्रोमबेक्टमी, रक्तनलीको फुकुन्दो फुटेर हुने ब्रेन ह्यामरेजमा कॉइलिंग(स्पास्मोलीसिस तथा रक्तनलीको बनावट नमिलेको–चुंगी बनेकोमा एम्बोलाइजेसन जस्ता प्रवाधिहरुबाट बिभिन्न मस्तिस्क रोगको टाउको नचिरिकीन उपचार गर्न सहज हुने डा। समर्थ सिंहको दावी छ।

केएमसीका जनरल मेनेजर नारायण दाहालले नेपालको स्वास्थ्य क्षेत्रमा केएमसीले भित्र्याएको नयाँ सेवाहरू विश्वस्तरीय रहेको जिकीर गरे। ‘हामीसँग भएको न्यूरो इन्टरवेंशनल प्रविधि विश्वकै स्वास्थ्य क्षेत्रको नविनतम उपकरण हो । यो प्रविधिबाट टाउको तथा मेरुदण्डका जस्तोसुकै गम्भिर रोगको पहिचान गर्न र उपचार गर्न सकिन्छ ।’ दाहालले भने । केएमसी शिक्षण अस्पतालको न्यूरो साइन्स सेवा अन्तर्गत न्यूरोइंटरवेंसन डा. समर्थ सिंह, न्यूरोलॉजिस्ट डा। पारस रायमाझी तथा न्यूरोसजर्न डा. अमित थापाले सेवा दिइरहेका छन्।

केएमसीले भित्र्याएको यस प्रविधिबाट उपचार गर्दा अन्य अस्पतालहरुको दाँजोमा कम शुल्क लिएको बताइएको छ। आम जनतालाई सर्वसुलभ शुल्कमा उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न केएमसी प्रतिबद्ध रहेको कार्यकारी अध्यक्ष सोयना शर्माले बताएकी छन्। केएमसीलाई अत्याधुनिक प्रविधियुक्त बनाउने जस तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्मालाई जान्छ। डा. शर्माले तीन वर्षअघि केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवालाई आधुनिकीकरण गरेका हुन्। तीन वर्षमा दक्ष जनशक्तिसँगै अत्याधुनिक स्वास्थ्य उपकरणहरु भित्र्याइएकाले गम्भिर प्रकारका रोगहरुको उपचारमा लाखौं खर्च गरेर विदेश गइरहनुपर्ने बाध्यता समेत कम भइरहेको केएमसीले जनाएको छ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस