२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा तत्काल कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् । यूएईमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर फर्केपश्चात त्रिभुवन विमानस्थलमा पत्रकारमाझ उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

नेपाल फर्किनेबित्तिकै मन्त्रीमण्डल हेरफेर गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले तत्काल हेरफेर नहुने बताएका छन् । उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’ आफ्नो युएई भ्रमण अभूतपूर्व सफल भएको र नेपालले चौतर्फी प्रशंसा कमाएको प्रधानमन्त्रीको दाबी छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस