२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी हुन् प्रचण्ड परिवारले रोजेका ज्वाई, स्वीजरल्याण्डमा के गर्छन ?

who are the sons-in-law chosen by the Prachanda family what are he doing in Switzerland

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी प्रतिभा पाठकले इन्गेजमेन्ट (टिकाटालो) गरेकी छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी समेत रहेकी प्रतिभाले मंगलवार गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट गरेकी हुन् । यहि मंसिर २३ गते प्रतिभा र विज्ञानबाबु बीच विवाह हुने तय भएको छ। प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए। प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन्।

विज्ञानबाबु भने अर्थशास्त्री हुन् । उनी हाल स्वीजरल्याण्डमा बस्छन् भने उनले युनिभरसिटी अफ अक्सफोर्डबाट अर्थतन्त्रको विकास विषयमा स्नातकोत्तर गरेका हुन् । रेनु प्रचण्डकी माइली छोरी हुन्। रेनुका श्रीमान् अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन्। उनीहरूबीच जनयुद्धकै बेला भारतमा बिहे भएको थियो ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस