२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नातिनी अन्माउँदै प्रचण्ड

Prachanda with her granddaughter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी प्रतिभा दाहाल विवाह वन्धनमा बाँधिने भएकी छन् । युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग उनको ईंगेजमेन्ट भएको छ । प्रतिभा प्रधानमन्त्री प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी हुन् ।

मंगलबार भएको ईंगेजमेन्टमा प्रचण्ड पनि सहभागी थिए । विवाह २३ मंसिरका दिन हुने बताइएको छ । गोर्खा घर भएका विज्ञानबाबु अक्सफोर्ड विश्वविद्यालयमा इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर गर्दैछन् । प्रतिभाले पनि विदेशमा अध्ययन गरेकी हुन् ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस