२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, के भयाे कुराकानी ?

यूएई। दुबईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिन यूएई पुगेका प्रधानमन्त्रीद्वय प्रचण्ड र माेदीबीच शुक्रबार राति भेटवार्ता भएकाे हाे।

भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। त्यसबखत दुई पक्षीय हितका बारेमा छलफल भएको छ ।

उनले भूकम्पले पुर्‍याएको क्षेत्रमा पुनर्निर्माणका लागि आफूले हरतरहले सहयोग गर्ने आश्वासन समेत दिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंसिर १३ गते दुबई प्रस्थान गरेको हो। प्रधानमन्त्री १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस