२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं महानगरले गरिब घरपरिवार पहिचान गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्ने भएको छ । यसका लागि महानगरले सुपरीवेक्षक तथा गणक करारमा लिने भएको छ । महानगरले आज सूचना निकालेर २१ जना सुपरीवेक्षक तथा २ सय ९ जना गणक माग गरेको छ ।

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाण्डौ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्याङ्क सङ्कलन तथा सुपरीवेक्षण गर्ने महानगरले जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइन आवेदन दिनसक्नेछन् ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस