२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश

१५ मंसिर, काठमाडौं । उच्च अदालत, पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार अदालतले १० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको हो ।

सहप्रतिवादी र प्रतिवादीले उनलाई पोल गरेको नदेखिएको र केसीले इन्कारी बयान दिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो । ‘प्रमाणबाट ठगीको रकम प्राप्त हुन नसकेको अवस्था देखिएकाले पुर्पक्षका लागि थुनामा राख्ने आदेश बेरितको देखिएको’ आदेशमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा केसी २७ वैशाखमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै पक्राउ परेका थिए । उनी सहित १६ जनालाई १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि केन्द्रीय कारागार सुन्धारामा थिए ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस