२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारत नै झस्किनेगरी यस्तो छ झुलाघाटमा एमालेको तयारी [ तस्बिरहरू ]

काठमाडौं । नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग केन्द्रीय विशेष अभियानको अहिले केही बेरमा सुरु हुँदैछ । बैतडीको झुलाघाटमा ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानका लागि विशेष तयारी गरिएको छ । नेकपा एमालेका नेताहरु त्यहाँ पुग्ने क्रम जारी रहेको छ । भारतको सीमा क्षेत्रमा एमालेको तामझामले भारत नै झस्किने देखिन्छ । भारततर्फ फर्काएर नेपालको विशाल झण्डा फराइदै छ । अत्यन्तै आर्कषक र भव्य मञ्च बनाइएको छ ।

अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् । अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै बैतडीमा छन् । ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता–कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने एमालेले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस