२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रिय झण्डा झन्डोत्तोलन गर्दै शुरु भयो एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्रा

President Oli started UML's Jhulaghat-Chiwabhanjyang march by waving flags

झुलाघाड (लबैतडी) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्धारा राष्ट्रिय झण्डोत्तोलन गर्दै ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धीका लागि संकल्प यात्रा बैतडीको झुलाघाडबाट शुभारम्भ भएको छ ।

नेपाल भारत सिमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाडमा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य–चन्द्र अंकित राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर संकल्पयात्राको शुभारम्भ गर्नुभएको हो ।

स्थानिय झाँकी बाजागाज र नराजुलुस सहित ओलीले झण्डोत्तोलन गर्नु भएको हो । शुभारम्भ कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग यात्राले देशको नीतिमा निर्माणमा चिन्तन मनन गर्न र स्थगतद अध्ययन तथा छलफल गर्न मद्दत र्पुयाउने बताउनु भयो र
यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने बताउनुभएका अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्राका रुपमा परिभाषित भएको छ । यो यात्रा संवादको यात्रा हो, यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने संकल्प यात्रा हो । जसलाई नेकपा एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ ।’

अध्यक्ष ओलीले यात्राका क्रममा मध्यपहाडी भूभागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सिप विकासको अध्ययनबारे जनतासँग संवाद गर्ने बताउनुभयो । शुभारम्भस्थललाई अन्माउन लागेकी बेहुली जस्तै सिँगारिएको थियो । एमालेले मध्यपहाडी राजमार्ग अन्तरगतका २६ वटा जिल्लाको करीब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दैछ ।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ बुधबार देखि शुरु हुने ‘झुलाघाट चिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्रा’ का लागि एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटि सदस्य, पोलिव्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेतहरु अभियानमा सहभागि हुनु भएको छ । एमालेका मधयपहाडी यात्रा झुलाघाटबाट चिवाभञ्ज्याङ पुगेर सकिने छ ।

सुदुरपश्चिम इन्चार्ज विश्वकर्मालाई राष्ट्रिय र पार्टी झण्डा हस्तान्तरण
एमाले अध्यक्ष ओलीले अभियानको उद्घाटन पछि नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा पार्टीका सुदुरपश्चि प्रदेशका इन्चार्ज छविलाल विश्वकर्मालाई हस्तान्तरण गर्नु भएको छ ।

बैतडीको झुलाघाटबाट पार्टीले शुभारम्भ गरेको यात्रालाई पुर्वको चिवाभञ्ज्याङमा पु¥याउनका लागि झण्डा हस्तान्तरण गर्नु भएको हो
अध्यक्ष ओलीले हस्तान्तरण गरेको झण्डा कर्णाली प्रदेशको राकम कर्णालीमा पुगेर कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टलाई सुदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई हस्तान्तरण गर्ने छ भने रुकुमकोटमा गएर कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस