२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको सुन चाँदीको मूल्य

gold price today nepal

१४ मंसिर, काठमाडौं । अहिलेसम्मकै उच्चको नयाँ रेकर्ड बनिरहेको सुनको मूल्य आज बिहीबार भने स्थिर रहेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको थियो । बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको थियो, आज सोही मूल्यमा कारोबार हुनेगरी स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५२० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य बुधबार २० रुपैयाँ बढेको थियो, आज बिहीबार सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस