२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पश्चिमी वायुसँगै न्युनचापीय प्रणाली घुस्यो: चार प्रदेशमा वर्षा, चिसो ह्वात्तै बढ्ने

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव परेको छ । यसकै प्रभावका कारण अस्तिदेखि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ । अहिले पनि देशका धेरै ठाउँको मौसम धुम्म छ । दिउँसो पहाडी क्षेत्र बाहेकका ठाउँको मौसम सफा रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

तर,पहाडी क्षेत्रको मौसम भने आज पनि आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको उनले बताउनुभयो । यस्तै, आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् पुडासैनिले जानकारी दिए ।

उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा आज पनि हिमपातको सम्भावना छ । यस्तै, काठमाण्डौमा आज हिजो भन्दा चिसो छ । काठमाण्डौको न्यूनतम तापक्रम आज दुई डिग्री सेल्सियसले घटेको छ । हिजो १२ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज १० दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस