२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूकम्प प्रभावित क्षेत्रमा एमालेका स्वयंसेवक समूह, करिब ५ सय अस्थायी आवास निर्माण

Volunteer groups of UML in earthquake affected areas

काठमाडौं । नेकपा एमालेका स्वयंसेवक समूह विगत ८ दिनदेखि भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ । गत मंसिर ४ देखि विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा ११०० स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालन खटिएका छन् ।

कार्तिक १७ गते आएको विनाशकारी भूकम्पले जाजरकोट र पश्चिम रुकुममा १५४ को ज्यान गएको छ । ३३६ जना घाइते भएका छन् भने ६१ हजार बढि घाइते भएका छन् । अहिले एमालेले खटाएको स्वयंसेवक दस्ता यी बस्तीहरूमा पुनर्निर्माणमा लागिरहेका छन् । उनीहरुले सम्म ५ सय बढि घरहरू पुनर्निर्माण गरिएको स्वयमसेवक समूहका संयोजक पौडेलले जानकारी दिए । उनले ५ सय बढि घरहरूको व्यवस्थापन गरिएको जानकारी दिए ।

‘हामी निरन्तर भत्किएका घरहरू पुनर्निर्माणमा लगिरहेका छौँ । अहिले सम्म पाँच सय बढि घरहरू पुर्न निर्माण गरिसकेका छौँ’, पौडेलले भने, ‘अझै केही दिन हामी यहाँ खटिन्छौँ ।’ उनले अहिले स्वयंसेवक दस्ता भत्किएकाहरूको घर व्यवस्थापन गर्ने र पुनर्निर्माण गर्ने अभियानमा लागिरहेको बताए ।

अहिले जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिएका छन् । २५ जनाको दरले विभाजन गरी ४० टुकडीद्वारा विभिन्न ४० स्थानहरूमा एकैसाथ श्रमदान भइरहेको प्रमुख पौडेलले जानकारी दिए । ‘अहिले अनेरास्ववियुका नेतृहरू पनि पुनर्निर्माण खटिएका छन् । अहिले हामी पुनर्निर्माण खटिएका छौँ’, अनेरास्ववियु केन्द्रीय सदस्य रेखा न्यौपानेले भनिन्, ‘जनताले एमाले पार्टी सुख दुखको सारथी पनि रहेछ भन्ने बुझेका छन् ।’

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस