२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्यमा लगातार रेकर्ड, तोलाको एक लाख १९ हजार नाघ्यो

today gold price in nepal

१३ मंसिर, काठमाडौं । सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १५२० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २० रुपैयाँ बढेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस