२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लीमा अधिकारी

Swarnim Wagle as RSVP Vice President Leema Adhikari as Treasurer

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को उपसभापतिमा स्वर्णिम वाग्ले मनोनयन भएका छन् । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रतिनिधिसभा सदस्य वाग्लेलाई उपसभापति चयन गरेको हो ।

सांसद तथा केन्द्रीय सदस्य सोबिता गौतमकाअनुसार पार्टी सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव गरेका थिए । जसलाई संयुक्त बैठकले पारित गरेको हो । त्यस्तै, रास्वपाको कोषाध्यक्षमा लीमा अधिकारी मनोनयन भएकी छन् ।

रास्वपा सहमहामन्त्रीमा सांसद सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरिएको छ । सहप्रवक्तामा सांसद मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई मनोनयन गरिएको छ । सहकोषाध्यक्षमा दीपक बोहोरा र बसुमाया तामाङलाई जिम्मेवारी दिइएको छ । रास्वपाले २१ सदस्यीय सचिवालय पनि गठन गर्ने निर्णय लिएको गौतमले जानकारी दिइन् । सचिवालयमा तत्कालका लागि पदाधिकारीसहित संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई थपिएको छ । सचिवालयका बाँकी सदस्य पछि थप गर्ने रास्वपाले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस