२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार यूएई प्रस्थान गर्दैछन्। दुबईमा बिहीबारदेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८)मा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल यूएई जान लागेको हो।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल आज बेलुका साढे ९ बजेको जहाजमार्फत यूएई प्रस्थान गर्ने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले भ्रमणका अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

कोप सम्मेलनमा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्याबारे कुरा उठाउने तयारी गरेको छ। नेपालले जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत कठिनाइ, कोषको बाँडफाँटमा देखिएको असमानता र अन्य कठिनाइका बारेमा सम्बन्धित निकायहरुसँग छलफल हुने बताइएको छ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस