२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माछापुच्छ्रे बैंकले ल्यायो नयाँ प्रविधि

काठमाडौं । डिजिटल बैंकिङमा आक्रामक रुपमा अघि बढ्दै ग्राहकलाई अझ सरल र सहज सेवा प्रदान गर्न माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक पोस मेसिनमा इन्स्टेन्ट पेमेन्ट नोटफिकेसन प्रविधिको सुरुवात गरेको छ ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालकै पहिलो बैंक बनेको छ । नेपालभरका फिनपोस ब्राण्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।

अब बैंकका फिनपोस मर्चेन्टहरुले कार्ड, क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी भ्वाईस अर्थात ध्वनीमार्फत आउने बैंकले जनाएको छ ।यस प्रकारको प्रविधिबाट ग्राहकहरु नगदरहित बैंकिङ कारोबारमा प्रोत्साहित हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस