२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मंसिर २८ गते विवाह गर्दै पूर्वमिस नेपाल श्रृंखला खतिवडा

Getting married on mangsirr 28 former Miss Nepal shrinkhala Khatiwada

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह हुन लागेको हो ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले असोज २८ गते यसलाई सार्वजनिक रुपमा स्वीकारेका थिए । अहिले दुवै जनाको परिवार विवाहको तयारीमा व्यस्त रहेको जनाइएको छ । श्रृंखलाले आफूहरु होपलेस–रोमान्टिक प्रवृत्तिको व्यक्तिहरु भएको भन्दै प्रेम खुलाएकी थिइन् । दुवै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको भन्दै उनले भन्नैपर्ने समय आएकाले सम्बन्ध खुलाउनुपरेको बताएकी थिइन् ।

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला पेशाले इन्जिनियर हुन् । हार्वर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढेर नेपाल फर्किएकी श्रृंखला र सम्भवको रोमान्सको गाइँगुइँ केही समयदेखि नै चलिरहेको थियो । श्रृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन् । सोही वर्षको विश्व सुन्दरी प्रतियोगितामा पनि श्रृंखला अन्तिम १२ मा प्रवेश गरेकी थिइन् । उनले त्यसबेला मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस पनि जितेकी थिइन् ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस