२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इराक पुगेकी नेपाली चेलीको जिउँदो हुँदा उद्धार गर्न सकिएन, बाकसमा फर्काउन पनि धेरै समय लाग्यो

A Nepalese girl who had reached Iraq could not be rescued alive

झापा । गैरकानुनी रूपमा इराक पुगेकी लालिमाया तामाङको गत २४ मार्चमा मृत्यु भयो । तामाङको मृत्यु नभएर हत्या भएको हुन सक्ने भनी समाचार प्रवाहित भइरह्यो । टिकटक तथा फेसबुकमार्फत निरन्तर समाचार आउन थाल्यो । यिनै समाचारका कारण नेपाल सरकार मातहतका हरेक संयन्त्रमा लास भए पनि ल्याउन अनुरोध गर्दै गरेको देखियो । तर, त्यो सम्भव भएन ।

तत्पश्चात् शवलाई नेपाल पठाउन मध्यपूर्वस्थित नेपालीबाट प्रयास सुरु भयो । बग्दाद क्षेत्रमा नेपालीको भरपर्दो सञ्जाल नभएको कारण स्थिति जटिल बन्यो । यसैबीच इराकको बग्दादबाट भर्खरै बनेको गैरआवासीय नेपाली संघ (एनआरएनए) सदस्य टीका विश्वकर्मा सम्पर्कमा आइन् ।

एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठ भन्छन्, ‘विश्वकर्मासँग यो विषयमा छलफल गरेपश्चात् हाम्रो मिसन सोझियो लालिमायाको शवलाई जसरी पनि एनसीसी इराकले नेपाल पठाउने भन्ने विषयमा । एजेन्टमार्फत कम्पनीको मालिकको नम्बर लिएपछि सम्पर्क गरेर कुराकानी भयो । कम्पनी नै समस्यामा पर्ने भएपछि मात्र शव पठाउन राजी भए । तत्पश्चात् टिकाजीलाई शवगृहमा शव छ या छैन कन्फर्म गर्न लगाएँ । शव त्यहीं रहेछ । शव हेर्नका निमित्त पनि पैसा तिर्नुपर्ने रहेछ । सबै कुरा बुझेपछि एफडब्लू सीडीओका संस्थापकलाई बग्दाद पठाइ लेनदेन गरी शव पठाउन कन्सुलर विभागदेखि दूतावाससम्मको कागजी प्रक्रिया अघि बढ्यो । तर, मृतकको राहदानी नहुँदा ट्राभल डकुमेन्ट बनाउनुपरेको हुँदा अर्को झमेलाले काम अघि बढेन ।’

श्रेष्ठ थप भन्छन्, ‘कुवेत सरकारको परराष्ट्र मन्त्रालयमार्फत भेरिफाइ गरे मात्र कामअघि बढ्ने भएपछि प्रक्रिया अझै लम्बियो । अन्तमा सेप्टेम्बरमा सबै कागजी प्रक्रिया सकियो । तर, हस्पिटलमा शव फ्रिजिङको पनि चार्ज लाग्ने हुँदा लेनदेनमा कुरा मिलेन । कम्पनीको मालिकले वकिल खर्च पनि तिर्नै मानेन ।’

यसक्रममा टीका विश्वकर्माकै इराकी साथी कामेल मोहमदको सहयोग प्राप्त भयो । शव जसरी पनि नेपाल पठाउनुपर्ने नत्र अप्ठ्यारोमा पर्ने भनिएपछि १ हजार ५ सय डलर आएपश्चात् मात्र शव पठाउन राजी हुने भएपछि एनसीसी सदस्य टीका विश्वकर्माको अभियानमा बग्दादमा आर्थिक अभियान चलाइयो । त्यससँगै एनआरएनए एनसीसी इराकको कोषमार्फत समेत थपेर १ हजार ५ सय बुझाएर शव नेपाल पठाउन सम्भव भएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस