२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूकम्प प्रभावितलाई नेपाल बैंकद्वारा ५० लाख सहयोग

काठमाडौं । जाजरकोट भूकम्प प्रभावितलाई नेपाल बैंकले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम उपलब्ध गराएको हो ।

नेपाल बैंक लिमिटेड, सञ्चालन समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बालुवाटारमा एक कार्यक्रमको आयोजना गर्दै ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरे ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा सञ्चालक समितिका सदस्य विवेक शम्शेर ज.ब.रा., का.मु. प्रमुख कार्यकारी अधिकृत समता पन्त, कम्पनी सचिव केशव प्रसाद भण्डारीसहित बरिष्ठ प्रबन्धक विश्वराज भण्डारीकोसमेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस