२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस युवा नेता कोइरालाको अचानक हृदयाघातबाट निधन

Congress youth leader Koirala passed away due to a sudden heart attack

काठमाडौं । पोखराका नेपाली कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाको असामयिक निधन भएको छ । पोखरा वडा नंं ४ निवासी कोइरालाको हृदयाघातको कारण निधन भएको परिवार श्रोतले जनाएको छ ।

४८ वर्षका कोइरालालाई अचानक हृदयाघात भएपछि गैह्रापाटन स्थित फिस्टेल हस्पिटल लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान सवा ८ बजेतिर निधन भएका हो ।

परिवारका तीन दाजुभाइमा माइला रहेका कोइरालाका आमा, चार दिदीबहिनी, श्रीमती र एउटा छोरा छन् । उनको आजै अन्त्येष्टि गरिने तयारी गरिएको छ । नेपाली कांग्रेका, कास्की क्षेत्र नं. १ का सचिव सरोज केसीले कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोइरालाले लोकतान्त्रिक आन्दोलनमा गरेको त्याग, समर्पण र भूमिका चिरस्मरणीय रहेको केसीले उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस