२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पक्राउ गर्न नसकेका अपराधिक पृष्ठभूमिका शेख मुनिरलाई रणनीति जालमा पारेर प्रहरीले पक्रियो

Sheikh Munir was caught by the police in a tactical trap

११ मंसिर, धनगढी । गाडी कब्जा गरेको आरोपमा धनगढीका शेख मुनिर अहमद पक्राउ परेका छन् । अपराधिक पृष्ठभूमि भएका मुनिरलाई टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्र पालले जानकारी दिए ।

मुनिरलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धीको मुद्दामा छलफल गर्न पुगेकाबेला पक्राउ गरिएको बताउँदै एसपी पालले नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको बताए । अपराधिक पृष्ठभूमि भएका मुनिरविरुद्ध प्रहरीमा ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर, अंगभंग व्यवहारलगायतका मुद्दा पर्ने गरे पनि उनी अहिलेसम्म प्रहरी नियन्त्रण बाहिरै थिए । आइतबार पक्राउ परेपछि पीडितहरुबाट किटानी जाहेरी माग गर्ने तयारी प्रहरीले गरेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस