२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको मौसम पूर्वानुमान

weather forecast nepal today

काठमाडौं । आइतबार बिहान देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली र तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राती सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार
प्रतिक्रिया दिनुहोस