२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोचिन विश्वविद्यालयमा भागदौड मच्चिँदा चारको मृत्यु, ६० घाइते

कोच्ची । भारतको केरलास्थित कोचिन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (क्युस्याट) मा आयोजित प्रविधि महोत्सवका क्रममा भागदौड मच्चिँदा कम्तीमा चार विद्यार्थीको मृत्यु भएको छ । उक्त घटनामा ६० जना घाइते भएका छन् ।

क्याम्पसको खुल्ला कार्यक्रमस्थलमा आयोजित एक म्युजिक कन्सर्ट र प्रविधि प्रदर्शनीका क्रममा उक्त घटना भएको हो । स्वास्थ्यमन्त्री वीणा जर्जले भागदौडमा परी चार विद्यार्थीको मृत्यु भएको र ६० जना घाइते भएको पुष्टि गरेको एएनआईले जनाएको छ ।

घाइते विद्यार्थीका लागि कलामासेरी मेडिकल कलेजमा उपचारको व्यवस्था मिलाइएको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार
प्रतिक्रिया दिनुहोस