२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्गा प्रसाईं समूहले आज सिफल चौरमा कार्यक्रम गर्ने, प्रशासन र प्रहरीले समेत दियो साथ

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानले आज काठमाडौँको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो । यसका लागि प्रशासन र प्रहरीले समेतले साथ दिएको दाबि गरिएको छ ।

महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार भएको छलफलपछि सिफलमा बिहान साढे ११ बजेदेखि कार्यक्रम गर्ने सहमति भएको जानकारी दिएका छन् ।

उनले काठमाडौं जिल्ला प्रशासनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका उच्च अधिकारीलगायतसँगको छलफलमा आन्दोलन शान्तिपूर्ण तवरले गर्ने, आफ्ना माग र उद्देश्य जनता माझ स्पष्ट पार्ने र कुनै हातहतियार र हिंसात्मक आन्दोलन नगर्ने सहमति भएको बताए ।

 

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस