२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘एनिमल’ले तोड्यो ‘पठान’ र ‘जवान’को रेकर्ड, बढी भ्युज पाउने फिल्म ट्रेलर यी हुन्

ANIMAL OFFICIAL TRAILER Ranbir Kapoor Rashmika M Anil K Bobby D Sandeep Vanga Bhushan K

मुम्बई । हालै रणवीर कपूर, रश्मिका मन्डन्ना, अनिल कपुर र बबी देओल स्टारर फिल्म ‘एनिमल’को ट्रेलर रिलिज भएको थियो । जसमा रणवीर कपुरको हिंस्रक अवतारले मानिसको मनमा घर गरेको छ, मानिसहरूले यो फिल्मलाई ब्लकबस्टर भन्न थालेका छन ।

यसैबीच, एनिमलको ट्रेलरले पठान, जवान र टाइगर ३ को ट्रेलरलाई हेराइको हिसाबले पछाडि छोडेको खबर छ । तर, केजीएफ २ र प्रभासको आदिपुरुषको रेकर्ड भने तोड्न सकेन ।

‘एनिमल’को हिन्दी ट्रेलर २४ घण्टामा ५३ मिलियन पटक हेरिएको छ र जसका कारण सबैभन्दा धेरै हेरिएका १० ट्रेलरको सूचीमा परेर रेकर्ड दर्ता गरेको छ । योसँगै जवानको प्रिभ्यु पनि ‘एनिमल’को ट्रेलरले छोडेको छ । तर, प्रभासको ‘आदिपुरुष’लाई हराउन भने असफल साबित भएका छन् ।

सूचीको बारेमा कुरा गर्दा, कोइमोईको रिपोर्ट अनुसार, सबै भाषाहरूमा भारतीय रेकर्ड बुकको इतिहासमा २४ घण्टामा शीर्ष १० सबैभन्दा धेरै हेरिएको ट्रेलरको सूचीमा केजीएफः चैप्टर २ पहिलो स्थानमा छ, जसको ट्रेलर १०६.५ पटक हेरिएको थियो। दोस्रो स्थानमा ‘आदिपुरुष’ को ट्रेलर रहेको छ, जसलाई ७४ मिलियन भ्युज छ । तेस्रो नम्बरमा रहेको ‘एनिमल’को ट्रेलरले ७१.४ मिलियन भ्युज पाएको छ । चौथो नम्बरमा ‘राधे श्याम’ ५७.५ मिलियनसहित छन् । पाँचौं नम्बरमा रहेको ‘जवान’ प्रिभ्युले ५५ मिलियन भ्युज पाएको छ ।

‘आरआरआर’ छैटौं स्थानमा छ, जसले ५१.१ मिलियन भ्युज पाएको छ । सातौं नम्बरमा रहेको ‘तू झुठी मैं मक्कार’ले ५०.९ मिलियन भ्युज पाएको छ । आठौं नम्बरमा ‘साहो’ छ, जसको ट्रेलरले ४९ मिलियन भ्युज पाएको छ । ४५ मिलियन भ्युजसहित ‘सर्कस’ नवौं र ‘सम्राट पृथ्वीराज’को ट्रेलर ४३.८ मिलियन भ्युसहित दशौं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस