२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इञ्जिनमा आगो देखिएपछि धनगढी उडेको श्रीएयरको विमान फर्काइयो काठमाडौं

काठमाडौं । धनगढी उडेको श्रीएयरको जहाजको एउटा इन्जिनमा आगो लागेपछि काठमाडौं नै फर्काइएको छ ।

आगो देखिएको इन्जिन बन्द गरी अर्काे इन्जिन सञ्चालन गरेर जहाज काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

उनका अनुसार जहाज काठमाडौंबाट दिउँसो ३ः४३ मा उडेको थियो । ७५ जना यात्रु रहेको विमान ४ः२३ मा काठमाडौं फर्किएको थियो ।

यात्रुलाई अर्को जहाजमार्फत धनगढी लगेको प्रवक्ता झाले जानकारी दिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस