२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजावादी भन्नै पर्दैन प्रहरीले राजावादी जस्तो देख्यो कि पक्राउ

८ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन हिँडेका राजावादी संगठनका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परिरहेको दृष्य हेर्दा, राजावादी भन्नै पर्दैन प्रहरीले राजावादी जस्तो देख्यो कि पक्राउ गरिहाल्छ ।

पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, मनिन्द्रराज भण्डारीसहित २६ जना रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै तिनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति नदिइएको बताएको थियो । त्यसपछि प्रहरीले प्रसाईंको आन्दोलनमा आउनेलाई ठाउँठाउँमा तितरवितर पार्न थालेको हो । भक्तपुरस्थित दुर्गा प्रसाईंको घरमा प्रहरीले सुरक्षा दिएको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस