२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उप–प्राध्यापक चलाउनेले पाए तीन वर्षपछि न्याय : २ वर्ष कैद, २८ लाख क्षतिपूर्ति भराउन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरुविरुद्ध सुजाय सुनाएको छ । अदालतले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

न्यायाधीश विनोद खतिवडाको एक इजलासले मुद्दाका प्रतिवादीहरु हरि आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठ लाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ उपदफा (५) बमोजिम २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको हो ।

उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो । उपप्राध्यापक चलाउनेलाई २८ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश गरेको छ । उक्त घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझालाई भने अदालले सफाइ दिएको छ । उपप्राध्यापक चलाउनेमाथि २०७७ साल असोजमा नेविसंघका कार्यकर्ताले आक्रमण गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस