२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बल्खु प्रदर्शन (अपडेट) : प्रहरीसहित २८ घाइते, ६ जनाको उपचार हुँदै

काठमाडौं । बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् । झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन भने छजनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस