२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एउटा दुर्गा प्रसाईंले गणतन्त्र हल्लायो, आन्दोलन निरन्तर रहन्छ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्नो समूहले जारी प्रदर्शन आन्दोलन मात्रै नभइ जनविद्रोह भएको बताउनु भएको छ । आज बल्खुमा भएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै यस्तो बताउनु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासन व्यवस्था जनताको अपेक्षाअनुसार चलाउन नसकेको आरोप उहाँको छ ।

यस्तै, प्रसाईंले आफू एक्लैले गणतन्त्र हल्लाएको दाबी गर्नुभएको छ । प्रदर्शनपछि निजी निवास भक्तपुरको ठिमीमा पत्रकार सम्मेलन गर्दै उहाँले संसदीय दलहरु एक ठाउँमा उभिएको भन्दै एक्लैले गणतन्त्र हल्लाएको दाबी गर्नुभयो । उहाँले आफ्नो आन्दोलन निरन्तर रहने पनि स्पष्ट पार्नुभएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस