२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोलि हरिबोधिनी एकादशी : सार्वजनिक विदा दिइयो

Tulsi (Holy Basil)

काठमाडौं । हरिबोधिनी एकादशीको दिन नवलपुरका स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको नवलपुरमा हरिबोधिनी एकादशीको दिन विभिन्न स्थानीय धार्मिकस्थलमा लाग्ने धार्मिक मेलाका लागि गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरूमा मङ्सिर ७ गते सार्वजनिक बिदा दिइएको छ । सङ्घीय तथा प्रदेश सरकारले दिएको बिदा बाहेक स्थानीय तहबाट पालिका स्तरको निर्णय गरी बिदा दिइएको छ । बिहीबार (भोलि) हरिबोधिनी एकादशी अर्थात तुलसी विवाह परेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस