२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विस्तृत शान्ति सम्झौताको १७ वर्षपछि पुन: एक ठाउँमा आए शीर्ष नेताहरू

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको १७ वर्षपछि पनि द्वन्द्धपीडितले न्याय पाएका छैनन । यसबीच विस्तृत शान्ति सम्झौताका बाँकी कामलाई छिटो टुंगो लगाउने विषयमा शीर्ष नेताहरुले छलफल गरेका छन । आज बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच छलफल भएको हो ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दल मध्यका तीन जना शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको हो।उहाँहरुबीच शान्ति सम्झौताका बाँकी कामहरूलाई यथासक्य छिटो टुंगोमा पुर्याउने विषयमा छलफल भएको छ । २०६३ साल मङ्सिर ५ गते तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस