२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल यमनसँग २–० गोलान्तरले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ । समूह ‘एच’ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ भएको खेलमा नेपाल यमनसँग २–० गोलान्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो । एकसाता अघि समूहको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोलले पराजित भएको थियो । घरेलु मैदानमा १३ हजार सात सय ३५ दर्शकको साथ पाएको नेपाली टोलीले दोस्रो हाफमा गोल खाएको थियो ।

यमनको जितमा दुवै गोल दोस्रो हाफमा वैकल्पिक खेलाडीबाट सम्भव भयो । ओमार अब्दुल्लाह अलदाहीले ७२औँ र मोहम्मद अब्दुल्लाह अलदाहीले ९०औँ मिनेटमा गोल गर्दै यमनलाई महत्वपूर्ण जित दिलाएका हुन । समूहमा दुई खेल खेलेको यमनको यो पहिलो जित हो । यसअघिको खेलमा यमन बहराइनसँग २० गोलले पराजित भएको थियो । जितसँगै यमनले तीन अङ्क बनाएको छ । नेपाल अङ्कबिहिन छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस