२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेलाई एकल बहुमत दिनुहोस्, देश विकास हामी गछौँ : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आयो भने देशको विकास हुने बताउनु भएको छ । पर्साको पोखरियामा आज एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले सबै सरकारी अड्डा, सय बेडको अस्पताल, चार लेनको सडक अन्य विकास तथा पूर्वाधारका काम सम्पन्न गरेर पोखरियालाई नमुना स्मार्ट सिटी बनाइनुपर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले पोखरियामा देखिएका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराई काम पूरा गराउन लगाउने आश्वासनसमेत दिनुभयो । एमालेको मिसन २०८४ लाई साथ दिएर बहुमत दिलाए सामाजिक एकता कायम रहनुका साथै भ्रष्टाचार अन्त्य हुने विश्वास दिलाउनुभयो । समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न पनि एमालेलाई जिताउनुपर्ने तर्क उहाँको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस