२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माछा चोर्न जाँदा करेन्ट लागेर मृत्यु

काठमाडौं । बाँकेको खजुरामा माछाको सुरक्षाका लागि पोखरीमा फिट गरिएको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले खजुरा गाउँपालिका–१ का पूर्ण लम्सालले आफ्नो माछा पोखरीको सुरक्षाका लागि राख्नु भएको करेन्ट लागेर सोही वडाका सविन रानाको मृत्यु भएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार माछा चोरी हुन थालेपछि लम्सालले पोखरी वरिपरि करेन्ट फिट गरेका थिए । जालसहित पोखरीमा गएका रानालाई त्यही करेन्ट लागेको आशंका गरिएको छ । शवसँगै माछा मार्ने जाल पनि फेला परेकाले राना लुकीछिपी माछा मार्न गएको आशङ्का गरिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस