२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेलाको विवादले पचरौतामा झडप, नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर

काठमाडौं । मेलाका विषयमा दुई समूहबीच भएको विवाद उग्र भएपछि प्रहरीले ८ राउन्ड हवाई फायर गरेका छन् । बाराको पचरौता नगरपालिका–७ बेनौलीस्थित झन्डा मेला लगाउने विषयलाई लिएर हिजो दिउँसो बसेको बैठकमा कसले मेलाको नेतृत्व गर्ने कुरामा विवाद हुँदा ढुङ्गामुढा हानाहान भएको थियो । त्यसपछि प्रहरीले दुवै पक्षबिच यस विषयमा सहमति गराएर साम्य पारेको थियो । महाबिरी झन्डा मेलाको एक दिन पहिला रातमा गाउँको बह्मबाबाको पूजा अनिवार्य गर्नुपर्ने परम्परा चल्दै आएको छ । सोही पूजामा वडा नम्बर–७ का वडा अध्यक्ष–बनारसी मुखिया बिन र अर्को प्रभु पटेलबिचको समूहले विवाद गरी उग्र रूप लिएपछि प्रहरीले आठ राउन्ड हवाई फायर गरेर नियन्त्रणमा लिएको हो ।

बह्मबाबाको पुजा को समय सोमबार राती करिब १० बजेदेखि १२ बजेको समयमा भएको ढुङ्गामुढा हानाहानबाट सोही टोलका ४० बर्से लक्ष्मी पटेलको टाउको फुटेको र ४२ वर्षे चण्डीका पटेलको खुट्टा भाँच्चिएको प्रह।प्ले जानकारी गराएको छ । घाइते दुवैको एस.एल.न्युरो अस्पताल परानीपुरमा उपचार चलिरहेको छ । दुवै समूहले सोही ठाउँमा अलग–अलग मेला लगाउन अडान लिएपछि अर्को कुनै अप्रिय घटना हुन नदिन सो ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यापक रूपमा रातीदेखि नै खटाइएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस