२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सर्वोच्चमा आजदेखि टिकटक प्रतिबन्धविरुद्धका रिटमाथि सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि टिकटकमा लगाएको प्रतिबन्धविरुद्ध दायर रिटमाथि सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दायर भएका छन् । सामाजिक सद्‌भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गते सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि टिकटक बन्द भएपछि अनौठो लागेको भन्दै नेपाल दूर सञ्चार प्राधिकरणलाई पत्र पठाएको थियो । जवाफमा प्राधिकरणले नेपालमा लगाइएको प्रतिबन्धलाई सफल बनाउन सहयोग गर्न भनेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस