२०८१ पुष ८ गते सोमवार | 2024 December 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले मानव सेवाआश्रमलाई सरकारी जग्गा, भवन प्रयोग गर्न दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सडकआश्रित मानवहरुको समुचित व्यवस्थापनका लागि विधेयक तयार गरी संघीय संसदको आउँदो अधिवेशनमा पेस गर्ने बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८० समापन’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असहाय, अनाथ, अशक्त, जोखिममा परेका र सडकआश्रित मानवहरुको समुचित व्यवस्थापन गर्न विधेयक ल्याउन लागेको जानकारी गराउनु भएको हो ।

उहाँले मानव सेवाआश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोगका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले सातै प्रदेशमा आश्रमलाई अशक्त्तहरुलाई ओसार प्रसार गर्ने गाडी उपलब्ध गराउने पनि जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस